४ जेठ,काठमाण्डौ – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका – ३ बरदाहा गाउँमा शौचालय निर्माणसम्बन्धी विवादमा झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
शौचालय निर्माणको विषयमा दुई समुहबीच भएको झडपमा मटिहानी नपा – ३ का २६ वर्षीय जाविर राइनको मृत्यु भएको हो । जग्गाको विषयमा मृतक र मृतकका मामा विच पहिलेदेखी विवाद रहेको र आज दुवै समुहवीच चिर्पट हानाहान भएको थियो ।
दुई समुहवीच लाठी र चिर्पट हानाहान भइरहेकै बेला मृतक जाविरको टाउकोमा ठूलो बाँसको भाटा प्रहार हँदा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा परी मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् ।
अहिले घटनास्थलमा प्रहरी पुगेको र मृतकका मामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले घटनास्थललाई शान्त पारेको छ भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई पक्राउ गरेको तथा घटनासम्बन्धी अनुसन्धान भइरहेको जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar