४ जेठ,काठमाण्डौ – एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट – ३० (इन्डेक्स फण्ड) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेकाे छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको याे फण्ड सात वर्षकाे अवधिका लागि निष्कासन गर्न लागिएकाे हाे । याे बन्दमुखी योजना हो । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाईमध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ ।
यस योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar