२ जेठ,काठमाण्डौ – एनएमबी बैंकले नेपालको डिजिटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सिर्जना गर्न अनलाइन केवाईसी अघि सारेको छ ।
यो सेवाको सुरुवातसँगै, एनएमबी बैंकका ग्राहकले आफ्नोे घर/कार्यालयबाट केवाईसी विवरण अनलाइन अपडेट गर्न सक्नेछन् । ग्राहकहरूले एनएमबी डिजिटल प्लेटफर्महरू, ओम्निच्यानल, सामाजिक सञ्जाल मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकले पनि सजिलै यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरण पूरा अपडेट गर्न सक्छन् ।
यस नयाँ प्रणालीको साथ, अनलाइन खाता खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नुपर्नेछ, खाता सक्रिय गर्न हस्ताक्षरबाहेक कुनै पनि फारम भर्नुपर्नेछैन । एनएमबीले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दै छ । ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दामाथि उठेर बैंकमा नधाईकनै मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न सक्छन् ।
हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकका लागि घरमै बसी बैंकिङ कारोबार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मूल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्छ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ट बैंकिङका सदस्यको नाताले वातावरणमैत्री बैंकिङ प्रतिबद्धता परिपूर्ति गर्नुरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar