३१ बैशाख,काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुबीचको वार्ता सकिएको छ ।
शुक्रबार साँझ, सिंहदरबारमा बसेको अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल पक्षका नेताहरुबीचको वार्तामा नेपाल पक्षको बटमलाइन स्विकार गर्ने सहमती गरी सकिएको हो ।
बार्तामा बरिष्ठ नेता नेपालले उठाँउदै आएको २०७५ जेठ २ गतेको पार्टी एथावत रहने र त्यहि वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंहदरबारमा आजको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए ।
नेपाल पक्षले विगतदेखी नै २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ति विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने बटमलाइन तय गरेको थियो । त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएकोसमेत नेता रावलले बताए । कार्यदललाई पूर्णता दिएसँगै अर्को चाडै बस्ने नेता रावलको भनाई छ ।
त्यस्तै आजको बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको नेता रघु पन्तले जानकारी दिए । उता वार्ता सुरु हुनुभन्दा अघि पनि अध्यक्ष ओली निकै हर्षित मुद्रामा बैठक हलमा छिरेका थिए र सकिएपछि बाहिरिँदा भने प्रधानमन्त्रीका कार्यालयअगाडि पत्रकारहरुलाई हात हल्लाउँदै गाडी चढेर फर्केका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar