२९ बैशाख,काठमाण्डौ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २.२० प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ३१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म कम्पनीले ८ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ५३.६८ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ५ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको जिवन विमा कोषमा ४० अर्ब २१ करोड रुपैयाँ र महाबिपत्ति जगेडामा २९ करोड रुपैयाँ रहेको छ ।
यस्तै सो अवधिमा कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ बराबरको बिमा दावी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ८१ करोड १७ लाख रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानीमा गत बर्षको तुलनामा केहि गिरावट आएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६५ पैसा रहेकोमा अहिले घटेर १२ रुपैयाँ ६८ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar