२९ बैशाख,काठमाण्डौ – मातातिर्थ औंसीको सन्दर्भ पारेर गीतकार डा. डिआर उपाध्यायले नयाँ गीत ‘आमा’ को भिडियो सार्वजनिक गरेका छन् ।
गीतमा सबैभन्दा बढी पटक आमा शब्दको प्रयोग गरिएको छ । गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ । उनले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न चर्चित वल्र्ड रेकर्ड गीत संगीत, साहित्यको ५२ विधामा बनाएका छन् । यसरी विश्व रेकर्ड बनाएपछि यो गीतको लिरिकल भिडियो उनले यतिबेला युट्युबमार्फत सार्वजनिक गरेका छन् ।
गायक कृष्ण कार्कीले गाएको गीतमा सागर अधिकारी ‘शरद’ को संगीत रहेको छ । गीतलाई देवेन्द्र नेवाःले संगीत संयोजन गरेका छन् । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवस) को अवसर पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक गरिएको गीतकार उपाध्यायले बताए । गीतको भिडियोलाई डिआर म्युजिक एन्ड क्रिएसनबाट रिलिज गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar