२९ बैशाख,काठमाण्डौ – कोरोना संक्रमणबाट नेकपा एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ ।
चौलागाईंको मंगलबार साँझ निधन भएको नेकपा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।
एमालेका लोकप्रिय नेता चौलागाईँ गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । युवा संघका पूर्व अध्यक्ष समेत रहेका चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।
चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज समेत थिए । उनी एमालेका प्रभावशाली र लोकप्रिय नेताका रुपमा स्थापित थिए ।
काठमाडौं पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई समेत कोरोना पोजेटिभ देखिएका कारण उनीहरू होम आइसोलेसनमा छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar