२८ बैशाख,काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् ।
सोमबार राति, विज्ञप्ति जारी गर्दै अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका हुन् । ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बाेधनकाे विषयमा केन्द्रीत रहेको बताए । वैकल्पिक सरकार गठनको कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने ठाकुरको बुझाइ छ ।
जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको वर्तमान सरकारलाई विदा गरेर नयाँ सरकार गठनको प्रयासमा खुलेर लागेका छन् । भट्टराई – यादव पक्षका सांसदहरुले प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मत दिएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्तरुपमा पत्र लेखेर संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीले पनि बहुमतको सरकार गठनका लागि वैशाख ३० गतेसम्मको समयसीमा दिएकी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar