२७ बैशाख,काठमाण्डौ – प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभामा मत विभाजनको प्रक्रिया शुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन, विपक्षी दलका नेताहरुको सम्बोधन र त्यसमाथि पुनः ओलीको जवाफपछि संसदमा मत विभाजनको प्रक्रिया शुरू भएको हो।
मतदानका लागि तीनवटा लवीको व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ । ‘हुन्छ, हुन्न र मत दिन्न’गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। कोरोना संक्रमित सांसदका लागि पनि ल्होत्सेहलमा मतदानको व्यवस्था रहेको बताइएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र-बाबुराम पक्षले विश्वासको मतको विपक्षमा उभिने बताएका छन् । एमालेको माधव नेपाल पक्षका सांसद भने अनुपस्थित छ । जसपाको महन्थ ठाकुर पक्षका सांसद तटस्थ बस्ने भएको छ । साना दल नेमकिपा र राष्ट्रिय जनमोर्चा पनि विपक्षमा उभिने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar