२४ बैशाख,काठमाण्डौ – आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले विश्वासको मत लिनका लागि दौडधूप गरिरहेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसद्मा आगामी २७ वैशाखमा विश्वासको मत लिदै छन् । नेकपा (माओवादी केन्द्र)को समर्थनमा बनेको ओली सरकारले माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् ।
स्थायी समिति बैठकले विश्वासको मतका लागि दलहरूसँगको छलफल अझै सघन रूपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar