१९ वैशाख,बुटवल – लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् ।
प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।
प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०/४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको हो ।
मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि आजै पदबाट राजीनामा दिएका थिए । त्यसको लगत्तै उनलाई मुख्यमन्त्री पदमा पुन: नियुक्त गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar