१९ वैशाख,काठमाण्डौ – सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ९२ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा २२२.१३ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो नाफा २ करोड ४६ लाख ८ हजार रुपैयाँमा सिमित थियो ।
त्यस्तै सो अवधिसम्म ब्याज आम्दानी पनि ७३.७८ प्रतिशतले बढेर १४ करोड ६३ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाले ८ करोड ४२ लाख २५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो।
हाल चुक्तापूँजी २० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोष ९ करोड ३१ लाख ८० हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ३० पैसा पुगेको छ संस्थाको प्रतिसेयर आम्दानी गतबर्षको यसै अवधिमा १७ रुपैयाँ ६० पैसामा सिमित थिषे । संस्थाको प्रतिशेयर नेटवर्थ २९१ रुपैया ८४ पैसा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar