१६ बैशाख,काठमाण्डौ – नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २०८.८३ प्रतिशतले बढेर १५ करोड ३३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संस्थाको यस्तो नाफा ४ करोड ९६ लाख ५२ हजार रुपैयाँमा सिमित थियो ।
समिक्षा अवधिसम्म संस्थाको सञ्चालन नाफा २४ करोड ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस्तो नाफा अघिल्लो बर्षको तुलनामा २०८.८३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिसम्म संस्थाले ७ करोड ८८ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ४० करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा संस्थाले २५ करोड ६२ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ६४ पैसा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar