१४ वैशाख,काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बसेको भए पनि तुरुन्त स्वास्थ्य कार्यालयमा हाजिर गराउन निर्देशन दिएको छ।
कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने संक्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि लामो बिदा बसेका कर्मचारी तुरुन्त बोलाउन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरि सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न, स्वीकृत जनशक्ति भएको र थप जनशक्ति आवश्यक भएमा ५ महिनाको लागि करार सेवामा लिन पनि निर्देशन दिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar