एजेन्सी – विश्वभर गत वर्ष देख कोरोनाको सङ्कट मडारिरहेको छ । जहाँ केहि देशहरू यसको पकडबाट उम्केका छन्। भने केहि देशहरू कोरोनाबाट उम्कन सङ्घर्ष गरिरहेका छन् ।
पछिल्लो वर्षको कोरोना कहरमा बच्नका लागी केहि उपाय थिएन तर थोरै मात्रामा भएपनि यो लहरमा भने कोरोना विरुद्धको भ्याक्सिन छन् । तर पनि मास्क भने भ्याक्सिन लगाउने वा नलगाउने सबैले लगाउन जरुरी भएको विश्व वैज्ञानिकहरूले सुझाउँदै आएका छन् ।
यसोमा अझै देशका मान्य गन्य तथा नेताहरूले मास्क लगाउनाले समेत जनतामा छुट्टै सन्देश प्रवाह हुन्छ । त्यसैले पनि विश्वका विकसित राष्ट्रका नेताहरूले मास्क लगाएरै सार्वजनिक रूपमा उपस्थित जनाउने गरेका छन् । तर केहि नेताहरुबाट भने गल्ती भएको छ । यही विषयमा थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान ओशाले भने सामूहिक रूपमै मास्क नलगाई सहभागी जनाउँदा आलोचित हुन पुगेका छन् । तर कुरा यत्तिमै टुङ्गो लाग्दैन प्रधानमन्त्री ओशाले कोभिडको मापदण्ड पालना नगरेकाले उनलाई सजाय समेत दिइएको छ ।
सोमबार बैंककका गभर्नर अस्विन क्वान्मुवाले प्रधानमन्त्रीलाई कोभिड नियम उल्लङ्घन गरेको आरोपमा १९० डलर जरिवाना भराएको थाइल्यान्डका समाचार माध्यमले जनाएका छन् । साथै त्यहाँको गभर्नरले प्रधानमन्त्रीलाई सार्वजनिक ठाउँमा मास्क लगाउन आग्रह पनि गरेका छन् ।
अब नेपालको नियाल्यौँ । यस्तै प्रकृतिको घटना नेपालमा पनि भएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य मापदण्ड पालना गर्न निकालेको आदेशको २४ घण्टा बित्न नपाउँदै बालुवाटारमा २५ भन्दा बढी मानिसहरू भेला गरेर सितारामको मूर्ति पूजा गरेका थिए । त्यसको दुई दिनपछि सयौँको सङ्ख्याले घेरिएर धरहराको उद्घाटन गरेका थिए । सरकारका प्रमुख प्रधानमन्त्री आफैँले नियम नमानेर बारम्बार जनतालाई गलत सन्देश दिइरहेका छन् । भने अर्को तर्फ । राजनीतिक दलका अन्य शिर्षनेताहरुबाट पनि स्वास्थ्य मापदण्ड पालना भएको देखीदैंन । जनतालाई सचेत गराउनुपर्ने नेताहरू आफैँ यसरी नियमको उल्लङ्घन गर्दा कुनै पनि निकायले मुख खोलेको छैन । तर थाइल्यान्डमा त्यहाँका प्रधानमन्त्रीले केहिबेर मास्क नलगाउँदा भने १९० डलर तिराइयो । यस्ता देशबाट पनि केहि सिक्ने हो कि ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar