१४ वैशाख,काठमाण्डौ – सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिको तुलनामा बैंकको यो नाफा ५४.१२ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ८३ करोड १४ लाख रुपैयाँ रहेको छ ।
सो अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६.०२ प्रतिशतले घटेर ३ अर्ब ९३ करोड पैयाँ सिमित भएको छ । गत वर्षको सोहि अवधिमा बैंकको यस्तो आम्दानी ४ अर्ब १८लाख थियो । यस्तै बैंकको सञ्चालन नाफा भने ५०.७५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड पुगेको छ । समिक्षा अवधिसम्म बैंकको संचालन मुनाफा १ अर्ब ९७ करोड सिमित थियो ।
हाल चुक्ता पूँजी १० अर्ब ९६ करोड रहेको बैंकको जगेडा कोषमा ८० करोड ४९ लाख रहेको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar