१४ बैशाख,काठमाण्डौ – हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको अधिकांश सूचक घटेको छ ।
तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ४४.४५ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २ अर्ब ३१ करोड ७१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे खुद व्याज आम्दानी २९.४५ प्रतिशतले घटेर २ अर्ब ७१ करोड ९ लाख ७१ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३ अर्ब ८४ करोड २४ लाख ६४ हजार रुपैयाँ व्याज आम्दानी गरेकाे थियो ।
बैंककाे सञ्चालन मुनाफा पनि ३९.०८ प्रतिशतले घटेर १ अर्ब ८८ करोड १ लाख ७१ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन मुनाफा ३ अर्ब ८ करोड ६४ लाख २६ हजार रुपैयाँ रहेकाे थियो ।
त्यस्तै, बैंककाे चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ, जगेडा कोषमा ७ अर्ब ६७ करोड २६ लाख ३९ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेकाे छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar