१३ बैशाख,काठमाण्डौ – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनी एनआईबिएल एस क्यापिटलको (आज) सोमबारदेखि एनआईबिएल समृद्धि फण्ड २ नामको म्युचुअल फण्ड निस्कासन भएको छ ।
यस अघि दुई वटा बन्दमुखी र एउटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आएको कम्पनीको यो चौथो योजना हो । नयाँ योजनाको आकार १ अर्ब २० करोड छ । म्यअुअल फण्डको प्रबन्धक एनआइबिएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा नयाँ योजना पनि लगानीकर्ताहरुका लागि आकर्षक अबसर हुने बताउँछन् ।
एनआईबिएल म्युचुअल फण्डको पहिलो योजना “एनआईबिएल समृद्धि फण्ड १” को अबधि आगामी पुसमा सकिने भएकाले नयाँ योजना ल्याउनु परेको उनले बताए । एनआईबिएल समृद्धि फण्ड १ ले अहिले सम्म लगानीकर्तालाई ६३.५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । यस योजनाको ७ बर्ष अवधि पूरा भई बन्द गर्दा लगानीकर्तालाई ५५ प्रतिशतसम्म फिर्ता गर्न सकिने अबस्था रहेको थापाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar