१२ बैशाख,काठमाण्डौ – सांग्रिला डेभलपमेन्ट बैंकले रु. ७५ करोडको ऋणपत्र निष्काशनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले वैशाख ६ गते सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो । बैंकले अब १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार इकाइ भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चेर – २०८७’ नामक ऋणपत्र निष्कासन गर्ने छ । ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज उपलब्ध गराउनेछ ।
यो १० बर्ष अवधिको ऋणपत्र हो । कुल इकाइमध्ये ४ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ३ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ । यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar