१२ बैशाख,काठमाण्डौ – कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै तहका सबै किसिमका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी संघीय मामिलामन्त्री गणेश ठगुन्नाले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गरेको जानकारी दिएका हुन् । मन्त्रिपरिषद् बैठकमा सीसीएमसीका सिफारिसहरू पेस गरिने मन्त्री ठगुन्नाले जानकारी दिए ।
यसअघि नै मन्त्रिपरिषदले स्थान हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई दिइसकेको छ । सो अनुसार बाँकेले वैसाख १३ देखि लागू हुने गरी एक सातासम्म जिल्लामा अत्यावश्यक कामबाहेक हिँडडुल गर्नसमेत निषेध गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar