१० बैशाख,काठमाण्डौ – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख २५ हजार ६०९ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री गर्ने भएको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमाबिक्री गर्ने भएको हो। बैंकले सो सेयर वैशाख १६ गतेबाट लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो।
उक्त सेयरमा जेठ ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामीमा राखिने सेयरमा आरएमडीसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता रहेका छन्।
आरएमडीसीको न्यूनतम प्रतिकित्ता ४९८ रुपैयाँ, ग्रामीण विकासको ४०० रुपैयाँ र युनाइटेड इन्स्योरेन्सको ३२१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त सेयरको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar