७ बैशाख,काठमाण्डौ – कोरोना संक्रमणबाट पर्सामा एक पुरुषको मृत्यु भएको छ ।
भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका – १४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
भारतबाट फर्किएलगत्तै बिरामी भएका पुरुषलाई उपचारका लागि चैत २९ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिए । उनका अनुसार श्वाप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट मृतक ग्रस्त थिए।
बितेको एक साताभित्र पर्सामा चार पुरुष र एक महिला संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै पर्सामा संक्रमणकै कारण मृत्यु भएको सङ्ख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar