७ बैशाख,काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ ।
आजको बैठकमा पछिल्लो समयको राजनीतिक विषयबारे समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरूसँगको सहकार्यलगायतका विषयमा छलफल गर्ने तयारी भएको बताइएको छ ।
हिजो (सोमबार) बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय गर्ने तयारी गरिएकोमा सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि बैठक स्थगित गरिएको थियो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार गठन गर्नेबारे चर्चा चलिरहेको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन अन्य दलहरुसँग प्रस्ताव राखेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar