७ बैशाख,काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आईपीओ यसै साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचिकृत हुने भएको छ ।
कम्पनीले सेयर सूचिकरणका लागि सिडिएससीमा निवेदन दिइसकेको बताउँदै सेयर रजिष्ट्रार मेगा क्यापिटलले पनि आज नै नेप्सेमा निवेदन पेश गर्ने तयारी गरिरहेको सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडका सुदिप खड्काले अर्थ संसारलाई जानकारी दिएका छन् ।
कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियो । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदको आवेदन रद्द भएको थियो र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए भने बाँकी १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका थिए ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । सेबोनमा प्रकाशन भएको विवरण पत्र अनुसार सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६र७७ को प्रतिसेयर नेटवर्थ १०० रूपैयाँ रहेको छ । सोही नेटवर्थको ३ गुणा ३०० रुपैयाँ हुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar