गत २४ घण्टाभित्र नेपालमा एक हजार ९६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा पहिचान भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र सर्वाधिक ४३५ जना छन् । तीमध्ये भक्तपुरका ४५, ललितपुरका ६४ र काठमाडौंका ३२६ जना रहेका छन् । हाल देशभर छ हजार २९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये संस्थागत आइसोलेसनमा ५७६ जना र होम आइसोलेसनमा पाँच हजार ७१४ जना रहेका छन् । त्यस्तै देशभर ११६ जना आईसीयू र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् । गत २४ घण्टामा २६२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन् । उनका अनुसार गत २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ८३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर पाँच हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टिजेन परीक्षण भएको छ । पीसीआर परीक्षण गरिएकामध्ये एक हजार १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar