५ बैशाख,काठमाण्डौ – करीब १० दिन लामो भारत यात्रा पछि पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतबार) नेपाल फर्किदैछन।
भ्रमणमा रहदा राजाकै रूपमा ठुलो सम्मान पाएका पुर्वराजा ज्ञानेन्द्र शाह आज नेपाल फर्किदैछन। पुर्वराजाको काठमाडौं विमानस्थलमा भव्य स्वागतसहित मोटरसाइकल र्यालीले बिमानस्थल देखि निर्मल निवास सम्म स्कर्टिङ गरिने तयारी भएको वीर गोर्खाली अभियानले बताएको छ।
पछिल्लो समय राजसंस्थाको माग गर्दै देशब्यापी मोटरसाइकल र्याली गरेको वीर गोर्खाली अभियानले आज दिउँसो शाह नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा उत्रँदा भव्य स्वागतको तयारी गरेको छ। अभियानले रास्ट्रीय झण्डा सहित उपस्थित हुन पनि सबैमा आव्हान गरेको छ। वीर गोर्खाली अभियन्ता सन्तोष सिल्वाल राजाबादीले महाराजधिराज सरकारको फिर्ती सवारीमा मोटरसाइकल र्याली सहित स्वागतको निमित्त हेलिकप्टर द्वारा पुष्प वृष्टि समेत गरिने बताए।
उनले भने ‘पछिल्लो समय राजसंस्था पुनर्स्थापनाको अपरिहार्यता नेपाली जनताले बुझेको स्मरण गर्दै त्यसबाट आत्तिएका र जातीय तथा धार्मिक द्वन्द्व भडकाउन लागीपरेका केही ब्यक्तिहरुले गलत टिप्पणी गरेका छन त्यसको जवाफ समय आएपछि दिन्छौं।’
आयोजकले नागरिक स्तरबाट गरिन लागेको अभिनन्दन एवम राजा-जनता साक्षात्कार कार्यक्रममा उपस्थिति जनाउन बैशाख ५ गते आइतबार दिउँसो २ बजे बनकाली गौशाला जाऔं भन्दै नेपालमा राजसंस्था पुनःस्थापना एवम नेपाललाई हिन्दु अधिराज्य पुनर्स्थापना भएको हेर्न चाहने सम्पूर्ण व्यक्तिलाई उपस्थितिको निम्ति आह्वान गरेको बताएको छ । पूर्व राजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा भारतीय साधुसन्तको तर्फबाट सोमबार हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो ।
रथ यात्रा,हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएका शाहले कार्यक्रममा धार्मिक सम्बोधन गर्नुभएको थियो । अभियन्ता श्रेष्ठले भने “बिदेश भ्रमणमा राजाले पाउने सम्मान र रास्ट्रपतिले पाउने सम्मान बाट पनि रास्ट्रीय स्वाधीनता राजसंस्था बाट मात्रै जोगिन्छ भन्ने स्पष्ट भएको छ।” उता पुर्वराजाले भारतीय भुमिमा पत्रकारहरु सङ्गको भेटमा हिन्दी भाषामा सोधिएको प्रश्नको जवाफ नेपालीमा दिएका थिए भने धार्मिक सम्बोधन समेत नेपालीमा गरेका थिए।
यता प्रचण्डले भारतलाई रिझाउन हिन्दिमा भाषण गर्न लाग्नु र राजाले भारतीय भुमिमा हिन्दी बुझ्दिन भन्नूलाई सामाजिक संजालमा तुलना गर्न थालिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar