३ बैशाख,काठमाण्डौ – ईकमर्स कम्पनी दराजले स्पिकर अर्डर गर्दा महिलाको भित्री बस्त्र (ब्रा) डेलिभर गरेको छ ।
ग्लोबल मुन कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक कृष्ण आचार्यले दराज मोबाइल एपबाट स्पिकर अर्डर गर्दा ब्रा डेलिभर पाएका हुन् । आचार्यले बुधबार दराज एपमार्फत एक हजार ६६ रुपैयाँमा फेनटेक गेमिङ स्पिकर अर्डर गरेका थिए । तर, दराजले उनलाई महिलाले लगाउने इनभिजिबल पुसअप ब्रा डेलिभर गर्याे ।
डेलिभर ब्वाइलाई त्यो आफ्नो सामान नभएकाले फिर्ता लग्न आग्रह गर्दा डेलिभर ब्वाइले समेत आचार्यका लागि कम्पनीले सोही सामान पठाएको बताएका थिए । त्यसपछि दराजको वेबसाइटमा नम्बर नपाएपछि कम्पनीको फेसबुक पेजमार्फत म्यासेज गर्दा पनि प्रतिक्रिया नपाएको उनले गुनासो गरे ।आचार्यले दराजबाट यसअघि पनि सामान अर्डर गर्ने गरेको बताए । ‘यसअघि पनि सामान अर्डर गर्दा सामान नपाएपछि एक महिना लगाएर रिफण्ड पाएको थिएँ,’ उनले सुनाए ।
उनको पर्चेज कोड २०२२१४२२७१५२०९८ रहेको छ । यस विषयमा दराजसँग कुरा गर्दा कम्पनीले पर्चेज कोडमाथि अनुसन्धान गर्ने जानकारी दिएको छ । साथै कम्पनीले सेवालाई लिएर कुनै गुनासो भएको खण्डमा एपभित्रै रहेको च्याटबाट कम्पनीसँग सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar