३ बैशाख,काठमाण्डौ – सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाई सुरु भएको छ ।
संसदको संसदीय सुनुवाई समितिले न्यायपरिषदद्वारा प्रस्तावित दुवै जनालाई बोलाई सुनुवाइका लागि छलफल सुरु भएको सर्वोच्चले जनाएको छ ।
गत चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजको लागि सुनुवाइको मिति तोकेको थियो ।
समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध दुई र नहकुल सुवेदीविरुद्ध पाँचवटा उजुरी परेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar