३ बैशाख,ओखलढुंगा – गएराती चट्याङ पर्दा ओखलढुंगामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर ध्वस्त भएको छ ।
ओखलढुंगाको लिखु गाउँपालिका ८ मा गएराति चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर ध्वस्त भएका हुन् । ठूलो हावाहुरीपछि मध्यराति १ बजे परेको चट्याङ आफ्नो घरको कोठामा परेपछि तीनवटा घर ध्वस्त भएको अध्यक्ष पौडेलले बताएका छन्।
टारकेराबारीस्थित गाउँपालिका अध्यक्षको घर र उनका सहोदार भाइ सोही वडाका वडाध्यक्ष विशालको घर एल आकारमा बनाइएका थिए । भूकम्पपछि बनेको अर्को एउटा नयाँ घर समेत चट्याङबाट क्षतिग्रस्त भएको अध्यक्ष पौडेलले जानकारी दिए । यद्धपी घरमा मान्छे नसुत्ने भएकाले आफ्नो घरमा मानवीय क्षति नभएको र भाइको घरमा भागदौड हुँदा बुहारीको खुट्टा फ्याक्चर भएको उनले बताए । अध्यक्ष गोविन्द पौडेल भने गाउँपालिका केन्द्र यसममा बस्ने गरेका छन् ।
चट्याङ परेपछि आगलागी भएको थियो ।भन्ज्याङस्थित घरमा चट्याङपछिको आगलागीले घरभित्र रहेका नगद जिन्सी लगायत सबै भौतिक सामाग्री नष्ट भएको उनले बताए । ठूलो आवाजसहित परेको चट्याङ र आगलागीले स्थानीय वासिन्दा त्रासमा रात काट्न बाध्य रहेकासमेत अध्यक्ष पौडेलले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar