२९ चैत,काठमाण्डौ – नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याउन लागेको छ ।
अहिले ुमेरो सेयरु सफ्टवेरमा अपग्रेडिङका कार्य भइरहेको र यो कार्यको सम्पन्न भएलगत्तै लगानीकर्ताहरुले नै पासवर्ड रिसेट गर्नम मिल्ने सुविधा ल्याउन लागिएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार ुमेरो सेयरु सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको छ । अपग्रेड भएपछि अब मेरो सेयरमा पहिलेजस्तो प्राविधिक समस्या नआउने सीडीएससीको दाबी छ ।
हालसम्म ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ । यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar