१७ चैत,काठमाण्डौ – उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट प्राइम टाइम्स टेलिभिजनका सह – सम्पादक दिपक अर्याल सम्मानित भएका छन् ।
रिर्पोट्स क्लव नेपालको २३ औं बार्षिकोत्सवमा आयोजित बिशेष समारोहमा अर्याल सम्मानित भएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र र २० हजार नगद सहित सम्मान गरेका थिए । अर्याल खोज पत्रिका अनलाइनको पनि सह – सम्पादक हुन् । उनले शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आएका छन् ।
त्यस्तै, नेपाली संचार जगतको अग्रणी संस्था रिपोर्टस क्लबको २३ औ बार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए । मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गरिएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँको छ । रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक शालिक सुवेदीलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि ५० हजार रहेको छ ।
यसैगरी कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ४० हजार रुपैयाँ छ । कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । शहीद जगदजंग प्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका बालकृष्ण अधिकारीले पाएका छन् । अधिकारीलाई दिइएको पुरस्कारको राशि २५ हजार रहेको छ ।
उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई दिइएको छ । सुवेदीलाई दिइएको पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेले पाएका छन् । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका अनन्त अनुरागलाई प्रदान गरिएको छ ।
अनुरागलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप – सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह – सम्पादक मदन कोइराला, ओहो टेलिभिजनका रोहन श्रेष्ठ लगायतलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar