१६ चैत्र,काठमाण्डौं – सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलगायतलाई भ्रष्टाचार मुद्दा चलाउन माग गरिएको मुद्दा सोमबार पेसीमा राखेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारका लागि पेशी तोक्दै न्यायाधीश अनिल सिन्हा र हरि फुयाँलको इजलास गठन गरेका हुन्। सो रिटको इजलास पहिलो नम्बरमा छ ।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा नेपाल र भट्टराईलाई समेत मुद्दा चलाउनु पर्ने मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar