१५ चैत्र,काठमाण्डौं – नक्कली भ्याट बिल प्रयोग गरि राजस्व छलि गर्ने ५ कम्पनी विरुद्ध राष्ट्रिय अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका, ४ स्थित ओम श्रीराम इन्टरप्राइजेज सहित सिराहाको बारा करैयामाई गाउँपालिका, ७ मा सञ्चालित एभरेष्ट नेपाल ट्रेड कन्सर्न, महोत्तरी पिपरा गाँउपालिका, ५ को द भिजन इन्टरप्राइजेज, पर्सा बीरगंज उपमहानगरपालिका ३१ को गुरु गणेश इन्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि र त्रियुगा नगरपालिका ७, उदयपुरको एनआइसी ट्रेडर्स विरुद्ध विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
राजस्व चुहावट ऐन २०५२ विरुद्ध गतिविधि गरि राज्यलाई करोडौंको नोक्सान पु¥याएको भन्दै विभागले यी कम्पनीहरूसँग कुल ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ विगो दाबी सहित कानुन अनुसार कैद सजाय समेत माग गरेको छ ।
पर्सा, पर्सागढी नगरपालिका, ४ स्थित ओम श्रीराम इन्टरप्राइजेजले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाएर विभिन्न फर्महरूलाई नक्कली बिलमार्फत सामान विक्रि वितरण गरि कुल २७ करोड ६३ लाख ४० हजार ७ सय रुपैयाँ राजस्व चुवावट गरेको भन्दै विभागले राजस्व चुहावट ऐन, २०५२ को दफा ३ बमोजिम उक्त फर्मलाई कुल २७ करोड ६३ लाख ४० हजार ७ सय २५ रुपैयाँ विगो दाबी सहित कैद माग गरेको छ ।
यस्तै, बाराको एभरेष्ट नेपालले मुल्य अभिवृद्धि कर तर्फ ३ करोड ८८ लाख १० हजार ४ सय एक रुपैयाँ र आयकर तर्फ ६ करोड २४ लाख ६४ हजार ९ सय ९४ रुपैयाँ नोक्सान पु¥याएको भन्दै विभागले सो फर्म विरुद्ध कुल १० करोड १२ लाख ७५ हजार ३ सय ९५ रुपैयाँ बिगो दाबी सहित कैद माग गरेको छ ।
त्यस्तै, द भिजन इन्टरप्राइजेजसँग रु १० करोड १० लाख ३१ हजार ३ सय २७ रुपैयाँ, गुरु गणेश इम्पोर्ट एण्ड एक्सपोर्टसँग रु ७ करोड ७९ लाख ४५ हजार ८ सय १९ रुपैयाँ र एनआइसी ट्रेडर्ससँग रु ४३ लाख ४७ हजार ६ सय ३० रुपैयाँ बिगो दाबीसहित कानुन अनुसार कैद माग गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar