१२ चैत्र,बागलङ – गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका – ८ का पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ढोरपाटन – ८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन – २ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् ।
सुराकीका आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको उनले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar