६ चैत्र,काठमाण्डौं – प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar