२ चैत्र,काठमाण्डौ – नेेेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ । ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको हो । बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित नेता रघुजी पन्तले जानकारी दिए । २८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान लिएको छ । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माधव नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताए । त्यसमा अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar