२९ फागुन,काठमाण्डौं – शनिबार बिहान नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको बेला नेकपा एमाले नेता भीम रावल पेरिसडाँडा पुगेको खुलाशा भएको छ ।
पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा बिहान ९ बजेबाट सुरु भएको बैठकमा ९ः३० बजे नेता रावल बैठकमा समेत प्रवेश गर्न भ्याएको खुलेको छ । यद्धपी माओवादीको बैठकमा रावलले के संवाद गरे भन्नेबारे भने खुलेको छैन । आधा घण्टा पेरिसडाँडा रहेका रावल १० बजे पेरिसडाँडा बाट बाहिरिएको माओवादी केन्द्र निकटका एक नेताले बताए । रावलले पेरिसडाँडाबाट बाहिरिँदै गर्दा पार्टी कार्यालय बाहिर रहेका संचारकर्मीहरुसंग समेत कुनै प्रतिक्रिया दिएका थिएनन् ।
पेरिसडाँडाबाट बाहिरिएपछि उनी माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकका लागि नयाँ बानेश्वरस्थित अर्याल होटेलतिर लागेका थिए । उता नेता नेपाल निकटका नेताहरुको स्थायी समिति बैठकको सम्मुखमा नेता रावल माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आधा घण्टा बसी फर्कनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar