२९ फागुन,काठमाण्डौं – नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।
शनिबार, पार्टी मुख्यालय पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले माओवादी केन्द्र निकटका मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिइएको हो ।
माओवादीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । उनीहरु पार्टीमा नफर्की प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेतिर लागेका छन् ।
बैठकले एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने पनि निर्णय भएको छ । बैठकले भोलि ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar