२५ फागुन,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले देशमा स्थायी शान्तिका लागि जनमत संग्रहमा जानुपर्ने बताएका छन ।
मंगलबार गृह जिल्ला कपिलवस्तुमा पार्टी निकट नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनमा बोल्दै महासचिव विप्लवले जनमत संग्रहबाट मात्र मुलुकले स्थायी निकास पाउने बताएका हुन् । पुँजीवादी संसदीय व्यवस्था असफल भएको दावी गर्दै उनले वैज्ञानिक समाजवाद र पुँजीवादी व्यवस्थाकाबीचमा जनमत संग्रह गराउन आवश्यक रहेको बताए । स्वार्थको लडाईंमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले जनताले दिएको दुई तिहाइ मतको दुरुपयोग गरेको विप्लवको आरोप छ ।
आफूहरूले लिएको बाटो सही रहेको दावी गर्दै विप्लवले आफूहरूमाथि लागेको प्रतिबन्ध गलत भएको सरकारले स्वीकारेकाले सहमति भएको बताए । युद्ध लडेका पुष्पकमल दाहाल र बाबुराम भट्टराई पुँजीवादी व्यवस्थामा ढल्किसकेकाले अब युद्धको बाटो गलत भएको पुष्टि हुने उनको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar