२५ फागुन,काठमाण्डौं – नेकपा मुख्यालय धुम्बाराहीमा नेकपा एमाले को बोर्ड राखिएको छ ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो। तर गत आईतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएसँगै पूर्व एमाले र पुर्व माओवादी ब्यूतिँएका हुन् ।
पुर्व पार्टी व्युतिएसंगै केपी ओली नेतृत्वको पुर्व एमाले कार्यकर्ताहरुले पार्टी मुख्यालय धुम्बाराहिमा नेकपा एमालेको बोर्ड टाँसेका हुन् । पूर्व एमाले र पूर्व माओवादी पुन पहिलाकै अवस्थामा फर्किएपछि अहिले देशव्यापी रुपमा पार्टी कार्यालय पनि परिवर्तन हुन थालेका छन् ।
त्यस्तै देशैभरका पूर्व एमालेका पार्टी कार्यलयहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर आफ्ना आफ्ना पार्टीका नाम भएका बोर्डहरु समेत राख्न थालिएको छ ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar