२३ फागुन, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अघि नबढ्ने भएको छ ।
प्रधानमन्त्री ओलीलाई संसदमा राजीनामाको अवसर दिइने भएकोले अविश्वास प्रस्ताव अघि नबढ्ने भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड – नेपाल नेपाल समूहको समझदारीअनुसार आइतबारको संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नलगिने भएको छ ।
आइतबारको बैठकमा प्रधानमन्त्रीको मनोविज्ञान हेरेपछि राजीनामा नदिने संकेत पाए मात्र अविश्वास प्रस्ताव लैजाने उनीहरुको तयारी रहेको स्रोतले जनाएको छ ।
यसका लागि नेकपाको प्रचण्ड – नेपाल समूहले प्रधानमन्त्रीको नाम मात्र खाली राखेर अविश्वास प्रस्ताव तयार पारेर हस्ताक्षर संकलन गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar