फागुन २२ , काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आज सुन्दरीजल आइपुग्ने भएको छ । २ बजे देखि ४ बजेसम्ममा पानी सुन्दरीजल झर्ने बताइएको छ ।
दोस्रो पटकको परीक्षणपछि मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने भएको हो । यसअघि परीक्षणका लागि पानी छोडिएकोमा पानीले सुरुङको गेट नै भत्काएको थियो भने एक इन्जिनियर र सवारी चालकलाई गाडिसहित बगाएको थियो ।शुक्रबार साँझसम्म मुहानस्थल हेलम्बु, अम्बाथानबाट सुरुङमार्गमा पठाएको पानीले १९ किलोमिटर पार गरिसकेको छ। मेलम्ची खानेपानीको सुरुङमार्ग साढे २६ किलोमिटर लामो छ।अम्बाथानबाट अघि बढेको पानी सिन्धु अडिटमार्गसम्म ओह्रालो झर्छ। त्यसपछि एक किमि उकालो चढेर फेरि ओह्रालो हुँदै सुन्दरीजल आइपुग्ने आयोजनाले जनाएको छ । शनिबार रातभरि वाग्मतीमा झर्ने पानी बुधबार बिहानै गेट बन्द गरेर मुहानस्थलतिरै फर्काउने आयोजनाले जनाएको छ।
सुन्दरीजलको गेट बन्द गरेपछि सुरुङ भरिन तीन–चार दिन लाग्ने आयोजनाले जनाएको छ। सुरुङ भरिएपछि पुनः खाली गर्ने आयोजनाको तयारी थियो। तर उपत्यकावासीले मेलम्चीको पानी खान व्यग्र प्रतीक्षा गरिरहेकाले सुरुङ भरिएपछि सीधै प्रशोधन केन्द्रमा खसाल्ने नयाँ कार्यतालिका तय गरिएको छ। त्यहाँ १७ करोड लिटर पानी क्षमताका दुईटा प्रशोधन केन्द्र छन्।यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पानी सुन्दरीजल पुगेको अवलोकन गर्ने जाने कार्यक्रम रहेको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar