फागुन २०, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल पक्षसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थालेको छ । यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाल–नेपाल पक्षसँग सहमति गरिसकेको र कांग्रेस पदाधिकारी बैठकमा यसबारे छलफल गर्ने कांग्रेसले बताएको छ।
आगामी फागुन २३ गते बस्ने संसदको बैठकबाट अविश्वास प्रस्तावको तयारी शुरु गरिने कांग्रेसको योजना छ। यसका लागि कांग्रेस पदाधिकारी बैठकले अन्तिम निर्णय गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध यसअघि पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता लिने र नयाँ अविश्वास प्रस्ताव दर्ता गरिने नेकपा दाहाल–नेपाल समूहले जानकारी दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै कांग्रेसले नेकपाको दाहाल-नेपाल पक्षसँग मिलेर प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने गरी तयारी अगाडि बढाइएको छ।
सर्वोच्च अदालतबाट संसद पुनर्स्थापनाको फैसला भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद बैठक आह्वान गरेकी छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar