१८ फागुन,काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गर्न माग गरेका छन् ।
प्रतिबन्धित विप्लवसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले कसैलाई पनि निषेध गर्न नहुने टिप्पणी गरे ।
उनले लेखेका छन्, ‘नेकपा माओवादी विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो । यदि साँच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौं ।’ मंगलवार सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar