१३ फागुन,काठमाण्डौं – जनता समाजवादी पार्टी (जसपा)ले नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह)सँग शर्त अघि सारेको छ ।
प्रचण्ड – माधव समूहले प्रतिपक्ष दलहरुसँगको छलफललाई तीव्रता दिने क्रममा आज जसपाका नेताहरुसँग छलफल गरेका हुन् । आज विहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँगको छलफलमा शर्त आएको छ ।
जसपाका नेताहरुले संविधान संशोधन, रेशम चाौधरीको रिहाइ लगायतका शर्तहरु अघि सारेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिए । जसपासँग ३४ सांसद रहेका छन् । त्यसमध्ये एक जना निलम्बनमा छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar