११ फागुन, काठमाडौं – मोरङ जिल्ला अदालतको परिसरबाट दुई अभियुक्त हतकडीसहित फरार भएका छन् ।
लागुऔषध मुद्वामा पक्राउ परेर अदालतमा म्याद थपका लागि लगिएका उनीहरु सोमबार अदालत परिसरबाटै फरार भएका हुन् । फरार हुनेहरुमा कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका – ५ का २० वर्षीय प्रकाश चौधरी रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार शेखलाई कटहरीबाट खैरो हिरोइनसहित र चौधरीलाई बरगाछीबाट लागुऔषधसहित पक्राउ गरेको थियो । अदालतले उनीहरुलाई ५/५ दिनको म्याद थप गरेको थियो ।
हतकडीसहित भागेका उनीहरू भारततर्फ भागेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीकै सेटिङमा उनीहरु भागेको हुन सक्ने भन्दै प्रहरीहरुमाथि अनुसन्धान सुरु गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar