१२ फागुन,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा अलिकतिपनि नैतिकता नभएको टिप्पणी गरेका छन् ।
बुधबार प्रचण्ड–नेपाल समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्थायी कमिटी सदस्य रावलले प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता हुन्थ्यो भने सर्वोच्चको फैसला आउने वित्तिकै राजीनामा दिनुपर्ने बताएका हुन् । जनताको पक्षमा सर्वोच्चले फैसला गरेको भन्दै रावलले अझै पनि केपी शर्मा ओलीले राजीनामा दिँदैनन् भने १३ दिन भित्र संसद शुरु गरेर त्यहीँबाट उनीमाथि कारबाही गरिने बताए ।
उनले सर्वोच्चले विघटन बदर गरेर नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक फैसला गरेको पनि बताए । नेपालको संविधानको अपव्याख्या गरी देशलाई दुर्घटनातर्फ लैजान खोज्ने ओलीको योजना विफल भएको पनि उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar