काठमाडौं – पुष्पकमल प्रचण्ड-माधव नेपाल पक्षीय नेपाल कम्युनिस्ट पार्टीले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ।
पार्टीमा विवाद चर्किएपछि पार्टी विभाजनको चरणमा पुगेको प्रचण्ड-माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो।
पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ।
आइतबारमात्रै पार्टीभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक गरिएको थियो । अब भने ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५०/५० प्रतिशत हिस्सा पुग्नेगरी भागबन्डा मिलाइने जनाइएको छ।
जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि टुंग्याउन बाँकी छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar