२७ माघ,काठमाण्डौं – बैंक अफ काठमाण्डू (बिओके) लिमिटेडले आफ्ना ग्राहकलाई प्रदान गर्दै आईरहेको ईन्टरनेट बैंकिङ्ग सेवा बुक क्लिकको स्तरोन्ति गरेर विभिन्न आकर्षक सेवा तथा सुविधा थप गर्दै उच्च स्तरको परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा संस्थागत ग्राहकलाई दिने भएको छ ।
जस अन्तर्गत विभिन्न नयाँ सुविधा, बहु खाता लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, आइपिएस सुबिधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरण आदि सम्बन्धि सेवा उपलब्ध हुने बताएको छ । यस सुबिधाबाट ग्राहकले बैंकिग कारोबारको लागि बैंक आईरहनुपर्ने समस्यालाई निवारण हुनुका साथै समयसापेक्ष बैंकिङ्ग सेवाको अनुभव गर्न सक्ने जनाएको छ ।
यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरीएको पनि विज्ञप्तिमा उल्लेख छ । यो संगै बिओकेले ९० शाखा कार्यालय,७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिग सुविधा प्रदान गर्दै आईरहेको पनि जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar