नारायणहिटी अगाडिको शक्ति प्रदर्शन ओली समूहको अन्तिम नाटक भएको योगेश भट्टराइको भनाइ
२४ माघ, धादिङ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूह स्थायी समिति सदस्य योगेश भट्टराईले नारायणहिटी दरबार अगाडि शक्ति प्रदर्शन गरी ओली समूहले अन्तिम नाटक गर्ने चाहना पुरा गरेको बताएका छन् ।
शुक्रबार, संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले धादिङवेसीमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा निबर्तमान मन्त्रीसमेत रहेका नेता भट्टराइले अस्तित्व नै मेटिएको निरङकुश राजतन्त्रको प्रेतात्मा जगाउन प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी पुगेको आरोप लगाएका हुन् ।
नेकपा ओली समूहको नारायणहिटी दरवार परिसरमा आयोजित आमसभालाई लक्षित गर्दै भट्टराईले भने, ’नारायणहिटी अगाडि जुन नाटक मन्चन भइरहेको छ केपी ओली समूहको त्यो अन्तिम नाटक हुनेछ । अहिले केपी ओलीलाई पुर्वपञ्चहरुले साथ दिइरहेका छन्, उ बेलाको मण्डले प्रवित्तिकै झल्को दिने गरी ओलीका मण्डलेहरु ओली आई लभ यू भन्दै सहर घुमिरहेका छन् । जसरी राजतन्त्र अन्त्यको साक्षी बसेको छ नारायणहिटी, त्यसरी नै ओलीको अन्त्यको पनि त्यही नारायणहिटी साक्षी बस्नेछ ।’ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मण्डले शैलीमा कार्यकर्ता परिचालन गरेको र पुर्वपञ्चहरुकै शैली टिपेर नारायणहिटीमा आमसभा आयोजना गरेको उनले बताए ।
देश स्थायी शान्तिको लागि अघि बढिरहेको बेला वर्तमान प्रधानमन्त्री देशलाई फेरि गृहयुद्धतर्फ धकेल्न उद्दत रहेको उनले बताए । भट्टराईले भने, ‘हामी शान्ति चाहान्छौँ, ओली र तिनका मण्डलेहरु युद्ध चाहन्छन्, त्यत्रो जनयुद्धलाई समेत शान्तिपूर्ण तरिकाले समापन गरेर अग्रगामी दिशातर्फ हिँडाइरहेको देशलाई फेरि गृहयुद्धमा धकेल्न प्रधानमन्त्री उद्दत हुनुभयो ।’ ‘यो कसैको हुकुमी बक्सिसबाट बनाएको संविधान होइन, जनताको रगत र पसिनासँग साटेर बनाएको संविधान हो, कोही कसैलाई सनक चढेकै भरमा संविधान च्यात्न पाइँदैन,’ नेता भट्टराईले भने ।
सम्बोधनको क्रममा नेता भट्टराईले कांग्रेसप्रति पनि कटाक्ष गरेका थिए । प्रतिनिधिसभामाथि आक्रमण हुँदा पनि नेपाली कांग्रेसले देखाएको दुईधारे चरित्रप्रति उनले कटाक्ष गरे । ‘२०१७ सालमा संसद विटघन हुँदा विपीले अदालतको फैसला कुरेनन्, २०६१ सालमा गिरिजाले कुनै आलटाल गरेनन्, त्यही विपी र गिरिजाका संन्ततीले आज संविधानमाथि यत्रो निर्मम प्रहार हुँदा पनि किन बोल्दैनन्, किन संविधानका पिता मान्ने सुशील दाका कार्यकर्ताहरुले सडकमा आउन आलटाल गरिरहेको छन् ?’उनले सोधे ।
त्यस्तै विरोधसभालाई नेकपाका नेताहरु राजेन्द्रप्रसाद पाण्डे, विष्णुपुकार श्रेष्ठ, गंगालाल तुलाधर लगायतले सम्वोधन गर्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar